दफा ४१ख
दायित्व भुक्तानी गर्ने प्राथमिकता क्रम
– कुनै बीमक दफा १३ बमोजिमको दर्ता खारेजीको कारणले बिघटन भएमा निम्नलिखित प्राथमिकताको आधारमा दायित्वको भुक्तानी गर्नु पर्नेछः–
(क) विघटन गर्दा लागेको खर्च,
(ख) दफा १६ बमोजिम बीमितलाई दिनु पर्ने विमाको दावी भुक्तानी रकम,
(ग) बीमकका कर्मचारीले पाउनु पर्ने पारिश्रमिक तथा अन्य बाँकी रकम,
(घ) ऋण रकम,
(ङ) समितिलाई तिर्नु पर्ने रकम,
(च) नेपाल सरकारलाई तिर्नुपर्ने रकम ।